समय संगै यसरी चुनौती थपिएको छ ।
सुस्त – सुस्तबाट गती थपिएको छ ।

अरे मित्र, गर या मरको यो दुनियाँमा,
मलाई पनि बाध्यात्मक स्थिती थपिएको छ ।

म त धर्म भन्दा पनी कर्म गर्ने मान्छे,
परिश्रमले नै हो यो जे जती थपिएको छ ।

पिडाहरु सारथी झैँ थिए हिजो सम्म,
आज खुशी अलिकती थपिएको छ ॥